नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको सप्तकोशी नगरपालिका- २ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सप्तकोसी नगरपालिका(१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्।

आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको  स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।

Logo