कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
कपिलवस्तु नगरपालिका १० बकुलीमा सर्पले डस्दा ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।
सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया