नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय एक साता बन्द गर्ने घोषणा गरेको छ ।
सरकारले माग सम्बोधन नगरेको भन्दै आउँदो भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो । विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत माग राखेर उनिहरुले विरोधमा उत्रिएका हुन् ।
कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ । यही ९ गते विरोध र्याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने, १० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ । यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन् ।





























प्रतिक्रिया