सुमित खड्काको ‘हाम्रो देशको आवाज’ सार्वजनिक

सुमित खड्काको ‘हाम्रो देशको आवाज’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

गायक सुमित खड्काको एकल एल्बम ‘हाम्रो देशको आवाज’ विराटनगरमा लोकार्पण गरिएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, मन्त्री हिक्मत कार्की, चलचित्रकर्मी दीपाश्री निरौला लगायतले विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकद्वारा प्रस्तुत उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

‘हाम्रो देशको आवाज’ मा गीतकार चुडामणि देवकोटा, पारसमणि बराल, हरिभक्त बुढाथोकी, रमेश दाहाल, विश्वम्भर खतिवडा, बिदुर खड्काका शब्द छन् । एल्बमका सबै गीतहरुमा शक्ति बल्लभको संगीत निर्देशन छ ।

सबै गीतहरु गायक खड्का एक्लैले गाएका छन् । एल्बमका ६ वटा गीतलाई मनोहर सुनाम तथा निरज श्रेष्ठले संगीत संयोजन गरेका छन् ।

रेकर्डिङ भोला पौडेलको छ । ‘कलाकारलाई हौसला बढाउन राष्ट्रिय गानलाई प्राथमिकता दिने गायकलाई सहयोग गरेका हौं,’ न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेलले भने ।

यसअघि न्यू सृष्टि दैनिकले गीतकार नवराज सिलवालको ‘पूर्वको सृष्टि’ एल्बम बजारमा ल्याएको थियो ।

Logo