काठमाडौं ।
नजिकिदै गरेको हिन्दु नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी गायक खुमन अधिकारी र गायिका सुनिता दुलालले नयाँ तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेका छन् । मायाप्रेम र समाजको विषयलाई चित्रण गरिएको गीतमा युवालाई मातृभूमिमै बस्न आग्रह गरिएको छ ।
यही देशमा बसेर कुटो कोदालो गर्न अभिप्रेरित गर्दै गीतमा युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो भएको विषयलाई देखाइएको छ । नेपाली भूमिमै केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री नम्रता सापकोटाको अभिनय छ । भिडियोमा गायक गायिका सुनिता र खुमनलाई समेत देखाइएको छ । यसै गीतमा आधारित रहेर हामीले यसपटक गायक खुमन अधिकारी र गायिका सुनिता दुलालसँग कुराकानी गरेका छौँ । हेर्नुहोस् भिडियोमा :





























प्रतिक्रिया