युरोपबाट ‘डबल रोल’ आउँदै (भिडियोसहित)

युरोपबाट ‘डबल रोल’ आउँदै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

युरोपमा नेपालीका कथावस्तुलाई समेटेर कलाकार सन्तोष बरालले कमेडी हव नेपाल युटुब च्यानलबाट ‘डबल रोल’ नामक टेलीसिरियल निर्माण गरिरहेका छन् ।

बरालका अनुसार ‘डबल रोल’ हेरेपछि आम दर्शकले युरोपबारे नेपालीले भोगेका कथा ब्यथा थाहा पाउनेछन् ।

आगामी सातादेखि कमेडी हव नेपाल युट्युब च्यानलमार्फत हेर्न सकिने ‘डबल रोल’को उद्देश्य आम नेपाली दर्शकलाई स्वस्थ मनोरञ्जन दिनु हो ।

नेपालमा हुँदा विभिन्न कला विधामा दक्षता पाएका कलाकारले भूमिका निभाएको ‘डबल रोल’को लेखन निर्देशन सन्तोष बरालले गरेका छ्न् । यसको मिडिया पार्टनर केन्द्रबिन्दु अनलाइन रहेको छ ।

 

 

Logo