काठमाडौं ।
लोकगीत क्षेत्रमा स्थापित नाम हो खुमन अधिकारी । उनी हरेक तीजमा दर्शकहरुमाझ मीठा मीठा तीजका गीत लिएर आउने गर्छन् । यसै अनुरुप खुमनले देशभर कोरोनाको महामारी भए पनि आफ्ना दर्शकहरुलाई निराश नपार्न यस पटक पनि निकै मीठो तीज गीत पस्केका छन् ।
‘यो मान्छे चिन्छु’ बोलको यस तीज गीतको आवाजमा खुमनलाई सम्झना अधिकारीले साथ दिएकी छिन् । गीतको भिडियोमा चर्चित मोडल तथा डान्सर दिपासा बिसी र बहु प्रतिभाकी धनि बाल कलाकार आयुषा गौतमले अभिनय गरेका छन् ।
खुमनले उक्त गीतलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । एक हप्ता अघि सार्वजनिक भएको यस गीतलाई युट्युबमा सात लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् भने गीतले निकै राम्रो प्रतिक्रिया पनि पाईरहेको छ ।
आफ्नो च्यानलमा सार्वजनिक भएको पहिलो गीतलाई नै थुप्रै दर्शकले मन पराई दिएको प्रति खुमन निकै खुशी छन् । यसपटक यो मान्छे चिन्छु गीतसँग सम्बन्धित भएर हामीले गायक खुमन अधिकारी, मोडल दिपासा बिसी र बाल कलाकार आयुषा गौतमसँँग कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियोमा :





























प्रतिक्रिया