राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको विभिन्न व्यक्तिहरू निर्विरोध निर्वाचित भएका छन्।
पर्यटकीय नगरी पोखरामा जारी सातौ अधिबेशनमार्फत वरिष्ठ उपाध्यक्षमा पहिलोपटक महिलालाई निर्विरोध निर्वाचित गरिएको छ । रिता थापा मगर वरिष्ठ उपाध्यक्ष पदमा चयन भइसकेकी छन् भने उनीसँगै प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यसैगरी महासचिवमा सुबास केसी निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिवमा नै रहेर कार्यभार सम्हालेका थिए । त्यसैगरी उपमहासचिवमा शिब हमाल र शंकर बिसी, सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिबमा जमुना राना, सहकोषाध्यक्ष (महिला) मा पूर्णकला बिसी निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचितहरूको औपचारिक घोषणा हुन् भने बाँकी छ ।
प्रकाशित: ८ मंसिर २०७६ १२:४८ आइतबार