काठमाडौं ।
चर्चित गायक शिशिर योगीको स्वर रहेको गीत “ वारले बाली खाने जमाना” सार्वजनिक गरिएको छ । उक्त गीतमा विवि अनुरागीको संगीत रहेको छ ।
समाज नेपालको एक विशेष कार्यक्रमको अवसरमा हिन्दु विद्यापिठ नेपालका संस्थापक , गूरु डा. चिन्तामणी योगीबाट सार्वजनिक गरिएको गीतको एरेन्ज पनि विवि अनुरागीकै रहेको छ । गीतको अडियो रेकर्डिङ्ग प्रिज्म रेकर्डिङ्गमा गरिएको हो भने गीत लेखन चन्द्रशेखर अधिकारीको विषयमा छोरा पुरुषोत्तम अधिकारीले शव्द भरेका हुन् ।
गीत श्रोताहरुको रोजाइमा पर्ने गायक शिशिर योगी वताउँछन् । उनी भन्छन् , समय सान्दर्भिक यस गीतले समाजमा घट्ने घटनाहरुलाई उजागर गरेको पाइन्छ । दोस्रो प्रयासको रुपमा लेखेको “म एउटा पाखे” पछिको यो गीत आफ्ना बुबा चन्द्रशेखर अधिकारीले व्यक्त गर्नु भएको विषय “वारले बाली खाने जमाना ” मा शव्द भर्न पाएकोमा साह्रै खुसी लागेको हँुदा यसलाई माया गरी दिन र सकारात्मक कमेन्ट गरी दिन सबैमा अनुरोध गर्दछु , गीतकार पुरुषोत्तम अधिकारीले भने ।
यस गीतमा श्रोताहरुको प्रतिक्रियाकै आधारमा गीती क्षेत्रमा आफ्नो आगामी यात्रा तय हुने कुरा पनि बताएका छन् । त्यसैले आफ्ना कमी कमजोरी औंल्याइ दिन समेत आग्रह गरेका छन् ।





























प्रतिक्रिया