‘गीत संगीत क्षेत्रमा विकृति भित्र्याउनु भन्दा संस्कृति जोगाउन लागौं’ : मञ्जु पौडेल, गायिका (भिडियोसहित)

‘गीत संगीत क्षेत्रमा विकृति भित्र्याउनु भन्दा संस्कृति जोगाउन लागौं’ : मञ्जु पौडेल, गायिका (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साउन लागेसँगै तीजका गीतहरु घन्कन सुरु हुन्छन् । किनकि साउनलाई तीजको आगमनको रुपमा लिने गरिन्छ । तर अन्य क्षेत्रमा झैँ यसपालिको तीजका गीतहरुमा पनि कोरोनाको प्रभाव परेको छ ।

कोरोनाका कारण धेरै गायक गायिकाहरुले यसपालिको तीजमा गीत सार्वजनिक गर्न सकेनन् । तर यस्तो अवस्थामा पनि हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी गायिका मञ्जु पौडेलले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरि तीज गीत सार्वजनिक गरेर आफ्नो कार्यलाई निरन्तरता दिएकी छिन् । गत सोमबार मात्र सार्वजिक भएको तीजैमा बोलको गीतमा मञ्जुलाई गायिका मिना निरौलाले साथ दिएकि छिन् ।

०६३ मा विरहको तीज ‘गायनसँगै गायिका मञ्जु पौडेलको तीज गिती यात्रा सुरु भएको थियो । यही गीतबाट पौडेलले आफ्नो गायन यात्रालाई अघि बढाएकी छिन् । यो अवधिमा गायिका पौडेलले दर्जनौं गीत ल्याइसकेकी छिन् ।

लोकदोहोरीमा आफ्नो छुट्टै परिचय बनाएकी मञ्जुले लोक आधुनिक र लोक पप गीत पनि बजारमा ल्याएकी छिन् । चुरोट लाइटर, तलतल लाग्यो मलाई, जालै रुमाल, तारो हुन्छ फेरि, हजुरैले हो उनका चर्चित गीतहरू हुन् ।

यसै सन्दर्भमा लकडाउनले गायिका मञ्जु पौडेलको सांगीतिक र व्यक्तिगत जीवनमा के कस्तो असर पर्यो, हामीले उनीसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

 

Logo