‘सकम्बरी’ले राख्यो युट्युबमा नयाँ रेकर्ड

‘सकम्बरी’ले राख्यो युट्युबमा नयाँ रेकर्ड

केन्द्रबिन्दु
0
Shares

नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ। गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ रेकर्ड राखेको हो।

गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित समेत बनेको छ। एक सामान्य युवती आफ्नो बाध्यताका कारण गलत बाटोमा लागेको भन्ने विषयको चित्रण गर्न खोजिएको छ।

विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न खोजेको बताएपनि केही आलोचकले महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्द चयन गरिएको भन्दै आपत्ति जनाएका छन्।

तर पनि ‘सकम्बरी’ नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ। प्रकाश सपुत नामको युट्युब च्यानलमा गत अप्रिल १३ मा सार्वजनिक यो गीत नेपालमा ट्रेन्डिङ नम्बर एकमा रहेको छ। 

Skip This
Skip This
Logo