सारा राई द भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेर लाइभ राउण्ड प्रवेश गरिसकेकी प्रतिभा हुन्।उनी गायक तथा कोच सुशान्त केसीको टिममा छिन् । राजधानीको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा सारा भ्वाइसमा अहिले चर्चामा छिन् ।
गायनमा निकै नै प्रतिभावान सारा स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा निकै अब्बल छात्रा हुन्। उनी आँफु यो स्थानसम्म आइपुग्नुमा आफ्नो स्कुल, व्यबस्थापन, स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठ लगायतको टिम नै मुख्य कारक रहेको बताउँछिन्।
त्यस्तै सारा आफ्नो स्कुलका संगीतका प्रशिक्षक तथा लोकप्रिय गायक सञ्जीव पुडासैनीलाई पनि आफ्नो प्रगतिको मुख्य श्रेय मान्छिन्। ८ वर्षदेखि म्युजिक शिक्षक पुडासैनीसँग संगीत अध्ययन गर्दै आएकी साराले भ्वाइसको ब्लाइन्ड अडिसन पार गरेसँगै उनी अहिले थप चर्चामा छिन् ।
‘स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रमको निरन्तरता र संगीत र नृत्य अध्ययन गर्न पाउने वातावरणका कारण नै आँफुआज यो स्थानमा आइपुगेको हुँ,’ उनी भन्छिन्। आफूले भ्वाइसको उपाधि जित्नेमा ढुक्क भएको बताउने सारा अहिले १३ वर्षकी भइन् । उनको कलाको सर्वत्र चर्चा भइरहेको छ ।
साराको स्कुल माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिविधिहरूलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।
आयुष अण्डर १८ को राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी हुन् । १९ वर्षका आयुष नेसलन टिममा लामो समयदेखि सहभागी छन् । उनको खेलको पनि बेला बेलामा चर्चा हुने गरेको छ































प्रतिक्रिया