एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल टुर सुरु हुने भएको छ। गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै टुर सुरु गर्न लागिएको छ ।
मोफसल टुर मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने जनाइएको छ । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको हो ।
लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन गरिरहेको बताए । ‘मोफसल टुर सुझाव संकलन गर्ने टुर पनि हो,’ उनले भने, ‘चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान हो ।’
उनका अनुसार पहिलो चरणको मोफसल टुर मौलाकालिकादेखि बाग्लुङ कालिकासम्म पुग्नेछ। कुरिनटार, दमौली, बन्दीपुर, पोखरालगायतका क्षेत्रमा टुर हुनेछ। चितवनमा फिल्मी जमघट बढाउन टुरले सघाउने बताए।
३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी छ। लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय छ ।





























प्रतिक्रिया