कला र संगीतले राष्ट्रको गौरवलाई स्थापित गर्ने काम गरेको छः गृहमन्त्री श्रेष्ठ

कला र संगीतले राष्ट्रको गौरवलाई स्थापित गर्ने काम गरेको छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गीत, संगीत र कलाको क्षेत्रले समाजको यथार्थहरुलाई प्रष्टयाउने काम गरेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित म्युजिक खबरको १०औं म्युजिक अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले संगीत र कलाको क्षेत्रले राष्ट्रको गौरवलाई स्थापित गर्ने काम गरेको बताएका हुन् । 

‘कला र संगीतले समाजको यथार्थहरुलाई समाजको सकारात्मक सुन्दरतालाई अभिव्यक्त गर्ने काम गर्छ । कला संस्कृति र संगीतले समाजलाई एक पछि अर्को पुस्तासंग निरन्तर अगाडि बढाउन वाहकको काम गर्छ । संगीत र कलाको क्षेत्रले राष्ट्रको गौरवलाई स्थापित गर्न प्रचारकर्ताको काम गर्छ ।’ उनले भने । 

उनले गीत संगीत मानवीय जीवनको लागि अत्यन्त महत्वपूर्ण पक्ष भएको बताए । सवैले यो क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै आगामी वर्षमा सरकारको ध्यान जाने उनको भनाइ छ  । 

Logo