गिनिजपछि ३२ विश्व रेकर्डको तयारी गर्दै गीतकार उपाध्याय

गिनिजपछि ३२ विश्व रेकर्डको तयारी गर्दै गीतकार उपाध्याय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गीत लेखेरै १५ औं रेकर्डका रूपमा गिनिज बुक अफ अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएपछि गीतकार डा.डीआर उपाध्याय एकै दिन १७ नयाँ विश्व कीर्तिमानको तयारीमा जुटेका छन्।

मेहनत र धैर्य भयो भने कुनै पनि विषयमा सफलता प्राप्त पर्छ सकिन्छ भन्ने प्रमाणित गरेका डीआरले आगामी साउन २५ गते आधिकारिक रूपमा थप १७ विश्व कीर्तिमान आफ्नो पोल्टामा पार्नेछन् । यसका लागि लगभग तयारी पूरा भइसकेको छ।

गीत लेखनमा विभिन्न नयाँ प्रयोग गरेर रेकर्ड गराएका डीआरले एकै दिन १२ भाषामा रेकर्ड गराएका गीत सार्वजनिक गरेर गिनिज बुकमा आफ्नो र देशको नाम लेखाएका हुन् । उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गिनिज बुक अफ गीत लेखेरै १५ औं रेकर्डका रूपमा गिनिज बुक अफ अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएपछि गीतकार डा. डीआर उपाध्याय एकै दिन १७ नयाँ विश्व कीर्तिमानको तयारीमा जुटेका छन्।

गीत लेखनमा विभिन्न नयाँ प्रयोग गरेर रेकर्ड गराएका डीआरले एकै दिन १२ भाषामा रेकर्ड गराएका गीत सार्वजनिक गरेर गिनिज बुकमा आफ्नो र देशको नाम लेखाएका हुन् । उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

उनले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन्। गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीत सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डीआरले गाएका हुन्। मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ।

देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएकाले यसैलाई माध्यम बनाएर मेहनत गरिरहेको गीतकार डीआरले बताए। डीआरका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दूर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्बमका सयौं गीत सार्वजनिक छन्।

उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता १० उपन्यास पाठकमाझ आइसकेका छन्। वर्ल्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट १४ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।

डीआरले १६ महिनामा १८ गीति एल्बम श्रोतामाझ ल्याएका छन्। एकै दिन साता, सातवटा गरेर दुई पटक एल्बम विमोचन गरेका उनले दुवै इभेन्टका लागि विश्व कीर्तिमान कायम गरेका थिए। २०७५ देखि अहिलेसम्ममा उनले आफ्ना यी कृति सार्वजनिक गरेका हुन् ।

मायाप्रीतिका कथाभन्दा पनि सामाजिक सम्बन्ध उजागर गर्दै गीत लेख्ने उनको शैली छ। बाबुछोरी, नन्दभाउजू, पतिपत्नी बीचको सम्बन्धदेखि चाडपर्व, पर्यटन र समाजसँग सम्बन्धित गीत र उपन्यास छन् । १७ नयाँ कीर्तिमानबारे उनले भने, ‘यसका लागि मैले धेरै इमानदार भएर मेहनत गरेको छु। सामान्य रूपमा सोचिने भन्दा फरक शैलीले काम गर्ने मेरो बानीले नै मलाई यो सफलता दिएको हो।’ दुई सय ८० हरफको एउटा गीत लेख्न मात्रै लगातार २१ दिन मेहनत गरेको उनले बताए । ‘यहाँ देशलाई चिनाउन धेरैले धेरै मेहनत गर्नुभएको छ तर उहाँहरूलाई हामीले प्रचार गर्न सकेका छैनौं।

मैले तिनै रेकर्डधारीको सम्मानमा काम गरेर आफ्नै लागि रेकर्ड कायम गरेको छु’, उनले आफ्नो काम गर्ने शैली बताए। सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्ने सम्पूर्णको नाम समावेश गरेर गीत तयार गरेको पनि उनले बताए। यस्तै अहिलेसम्म हुलाक टिकटमा समावेश भएका सबै व्यक्तिको नाम समेटेर गीत तयार भएको छ भने कुनै गीतमा गीतका प्रत्येक अक्षरमा फरक फरक गायकगायिकाले गाएका छन्। संगीत पनि त्यस्तै छ। यी गीत तयार गर्न साहित्यको ज्ञानले मात्रै नपुग्ने र धेरै अनुसन्धान आवश्यक पर्ने उनको भनाइ छ। रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

उनले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन्। गीतमा सन्तोष श्रेष्ठको संगीत छ। यो गीत सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डीआरले गाएका हुन्। मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ।

डीआरले १६ महिनामा १८ गीति एल्बम श्रोतामाझ ल्याएका छन्। एकै दिन सात, सातवटा गरेर दुई पटक एल्बम विमोचन गरेका उनले दुवै इभेन्टका लागि विश्व कीर्तिमान कायम गरेका थिए। २०७५ देखि अहिलेसम्ममा उनले आफ्ना यी कृति सार्वजनिक गरेका हुन्। वर्ल्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डन लगायत विभिन्न देशबाट १४ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।अन्नपूर्णबाट

Skip This
Skip This
Logo