काठमाडौं ।
गायिका इन्दिरा जोशीले कोरोना भाइरसले निम्त्याएको विभिन्न समस्याको समाधान पनि हुने बताएकी छिन् । उनले केन्द्रविन्दुसँगको विशेष कुराकानीमा कोभिडले पारेको विभिन्न आर्थिक, सामाजिक तथा मानसिक समस्याको पनि उपाय रहेको र त्यो हामीसँग नै रहेको बताइन् । त्यसैले आतिनु नहुने पनि उनले बताएकी छिन् ।
विगत ४ महिनादेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनमा सर्वसाधारणहरु सहित सेलिब्रेटीहरु पनि घरमै बसी समय बिताईरहेका छन् । यसले गर्दा मानिसहरुमा निराशा छाएको छ । तर यसरी निराशा छाएर भन्दा पनि आत्मबल बलियो बनाएर अब अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
कोभिड १९ का कारण सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी हाल सम्पूर्ण सांगीतिक कार्यक्रमहरु ठप्प भएका छन् । जसकारण स्टेज कार्यक्रमबाट जिबिकोपार्जन गर्ने सबै गायक गायिकाहरु घरमै बसेका छन् । तर स्टेज कार्यक्रम ठप्प भए पनि अब भर्चुअल स्टेज कार्यक्रमहरु सुरु भएका छन् भने पहिलेको समस्या केही हदसम्म भए पनि समाधानका उपाय निस्किएको पनि उनले बताइन् ।
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् इन्दिरा जोशी । गायन रियालिटी शो नेपाल आइडल कि निर्णायक पनि हुन् उनी । यसैसँग सम्बन्धित रहेर हामीले यसपटक गायिका जोशीसँग कुराकानी गरेका छौं । केन्द्रविन्दुसँगको कुराकानीको सम्पादित अंश :































प्रतिक्रिया