साहित्यकार हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

साहित्यकार हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

लेखक विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक भएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा डा गोविन्द राज भट्टराई, चलचित्रकर्मी तथा संचारकर्मी प्रकाश सायमी तथा पत्रकार तथा कवि बिमला तुम्खेवाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । 

लामो समयदेखि बेलायती सैनिकमा सेवा पु-याएका हितानले यसअघिका कृतीहरुमा  पर्या पर्यावरणका विषय प्राथमिकताका साथ उठाउने गरेका थिए । 

कार्यक्रममा प्राडा भट्टराईले युद्ध साहित्यको क्षेत्रमा हितानको यो पुस्तक महत्वपूर्ण रहेको बताए । यसअघि लेखिएका तीन वटा मात्रै पुस्तक रहेको भन्दै उनले युद्ध साहित्यलाई अघि बढाउने यो पुस्तकले भुमिका खेल्ने तर्क गरे । 

त्यस्तै, संचारकर्मी सायमीले हितानले आफूलाई युद्ध साहित्यमा अब्बल दर्जामा उभ्याएको बताए । 

पत्रकार तथा कवि तुम्खेवाले पुस्तकमा विभिन्न ऐतिहातिसक प्रसंगहरुको जीवन्त प्रयोग गरिएको बताइन् । 

लेखक हितानले आफूले यो पुस्तक सार्वजनिक गर्न पाउँदा युद्ध जितेको महसुस गरेको भन्दै खुसी व्यक्त गरे । साँग्रिला प्रकाशन गृहद्वारा प्रकाशित ‘लाहुरेको रेलिमाई’ ले नेपाली पाठकहरुलाई  गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहयोग गर्ने उनको अपेक्षा छ । 

Logo