काठमाडौं ।
पछिल्लो पुस्ताका चर्चित गायक हुन् दुर्गेश थापा । विशेषगरि उनका तीज गितहरु हिट हुँदै आएका छन् । गतवर्ष तीज गीत ‘बिच्च बिच्चमा’ निकै चर्चित भएको थियो ।
उनी हिट गायक मात्र होइन, विवादित गायक पनि हुन् । गतवर्ष तिहारमा सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो वियर’ एकाएक विवादित बन्यो । यसकै कारण उनी पक्राउ पनि परे ।
यस वर्ष पनि उनले तीज गीत ‘माछो माछो भ्यागुत्तो यसपालीको तीज’ सार्वजनिक गरेका छन् । जुन अहिले चर्चामा पनि छ ।
यसपटक केन्द्रबिन्दुमा अहिलेका सर्वाधिक चर्चित उनै ‘कन्ट्रोभर्सी मेकर, लोकप्रिय कलाकार दुर्गेश थापा हाम्रा पाहुना भएर आएका छन् । उनका गीतहरूका बारेमा, विवादहरूका बारेमा र त्यसका कारणहरुका बारेमा हामीले उनीसँग कुराकानी गरेका छौं ।
‘विच्च विच्चमा ३’ गीतको भिडियोमा ‘पुरुषले साडी लगाएको सिक्वेन्स’ आवश्यक थियो ? त्यही सिक्वेन्सका कारण गीतको सर्वाधिक आलोचना भइरहेको छ। तपाईंमाथि परम्परा बिगारेको र तीजको मर्ममाथि प्रहार गरेको आरोप छ नि , लगायतका विषयमा हाम्रो कुराकानी केन्द्रीत थियो । के भने त दुर्गेशले ? हेरौं उनीसँग गरिएको कुराकानी यो भिडियोमा :































प्रतिक्रिया