काठमाडौं ।
मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले नेपाल सानो देश भन्ने सोच त्याग्नु पर्ने बताएकी छिन् । केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा खतिवडाले हामी नेपालीहरुले नै नेपाल सानो देश हो केही गर्न सकिंदैन भन्ने सोचेर बस्ने गरेकाले हरेक क्षेत्रको विकासमा पछाडि परेको बताइन् ।
उनले नेपालीहरुले देश विकास गर्नका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सोच ठूलो बनाउनु पर्ने भन्दै अब कोरोना भाइरसको असरले विकासलाई केहि वर्ष पछाडि धकेलिने बताइन् । ‘देश विकास गर्नका लागि अब आइटीको सदुपयोग गरेर, शिक्षामा लगानी बढाएर अगाडि बढे देशमा केही परिर्वतन आउँछ ।’- उनले भनिन् ।
नेपालमा विकास गर्ने अवसर धेरै रहेको तर यस्तो अवसर कसैले पनि चिन्न नसकेको उनले बताइन् । खतिवडाले कोरोना भाइरसको महामारीले क्षति र अवसर दुवै निम्त्याएको बताउँदै हामीले कोरोनाले पुर्याएको क्षतिको समाधान गर्दै अवसरलाई पनि अँगाल्न सके मात्रै पहिले र अहिलेमा परिर्वतन देखिने विचार व्यक्त गरिन् ।
‘अब सरकारले गर्ने हरेक विकासका काममा युवालाई परिचालन गरी युवालाई नै स्वरोजगार बनाउन सक्नु पर्छ ।’ उनले भनिन् , ‘अब देश विकास गर्न युवाले सरकारसँग हातेमालो गर्नु पर्छ ।’





























प्रतिक्रिया