‘मायालु तिमी कता छौ’ का हिट जोडी राजनराज र स्मीताको रमाइलो गफगाफ केन्द्रबिन्दुमा (भिडियोसहित)

‘मायालु तिमी कता छौ’ का हिट जोडी राजनराज र स्मीताको रमाइलो गफगाफ केन्द्रबिन्दुमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजनराज सिवाकोटी र स्मृता दाहालको स्वरमा ‘मायालु तिमी कता छौ-२’ युट्युबमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय र नृत्य छ।

भिडियोमा बाल कलाकारमा एन्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन् । गीतमा बाल गायिका ग्रस्मा सिवाकोटीले पनि स्वर दिएकी छिन् ।

झन्डै एक वर्ष अघि राजनराज र स्मृतिको स्वरमा ‘मायालु तिमी कता छौ ?’ बोलको गीत चर्चित बनेको थियो । ‘सिरीरी’ शीर्षक दिइएको यो गीत त्यसकै दोस्रो भाग हो ।

लोकशैलीमा आधारित ‘मायालु तिमी कता छौ-२’ माया पिरती सम्बन्धी विषयवस्तु समेटिएको छ । गीतमा राजनराज सिवाकोटीकै संगीत छ । बिहीबार युट्युब च्यानल ‘गज्जब टिभी’ बाट ‘मायालु तिमी कता छौ-२’ सार्वजनिक भएको हो।

सरोज ओझाको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी छ । भिडियोको अवधारणा र कोरियोग्राफी विक्रम स्वाँरले तयार पारेका हुन् ।

यसपटक दर्जनौं गीतहरुका सर्जक एवं सुमधुर स्वरका धनि गायक राजनराज सिवाकोटी र पछिल्लो पुस्तामा चर्चामा रहेकी गायिका स्मीता दाहालसँग केन्द्रबिन्दुले रमाइलो कुराकानी गरेको छ । प्रस्तुत छ उनीहरुसँग गरिएको कुराकानीको संम्पादित अंश यो भिडियोमा :

Logo