‘आधा माया’ मा नायक दिलीप रायमाझीको दमदार नृत्य (भिडियोसहित)

‘आधा माया’ मा नायक दिलीप रायमाझीको दमदार नृत्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित गायक तथा सर्जक वसन्त थापाले सङ्गीत भरेको लोक तथा दोहोरी गीत “आधा माया” बजारमा आएको छ ।

युवा पुस्ताका चर्चित गायक विक्रम परियार तथा गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको उक्त गीतको शब्द प्रह्लाद सुबेदीले सिर्जना गरेका हुन् । आफ्ना पछिल्ला गीतहरूमा जस्तै यस गीतलाई पनि दर्शक श्रोताले माया गरिदिनेमा गायक आशावादी रहेका छन् ।

विभिन्न रमणीय स्थलमा निकै आकर्षक रूपमा छायाङ्कन गरिएको भिडियोमा नेपाली सिने जगतका चर्चित नायक दिलीप रायमाझी र एश्वार्य सुनुवारले कम्मर मर्काएका छन् । भिडियोको कथा, कोरियोग्राफी तथा निर्देशन चर्चित नृत्यकार तथा निर्देशक सुनिल क्षेत्रीले गरेका हुन् ।

कृष्ण विकको सङ्गीत संयोजन रहेको भिडियोमा नवराज उप्रेतीको सिनेम्याटोग्राफी, अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियो ‘Shrota Sangeet को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । जनता डिजिटलले गीतको पोस्ट प्रोडक्सन गरेको हो । भिडियोमा :

 

Logo