तारा अधिकारीको ‘पराईको सिन्दुर’ बजारमा (भिडियोसहित)

तारा अधिकारीको ‘पराईको सिन्दुर’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

गीतमा विछोड भएपछि हुने प्रेम र अनुभूतिलाई व्यक्त गरिएको छ । गीतको सार्वजनिक भिडियोमा जीवन भट्टराई र गीतकार स्वयं अधिकारीकै अभिनय देख्न सकिन्छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको प्रसंग देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ । सार्वजनिक गीत गीतकार स्वयंकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट हेर्न सकिन्छ । भिडियो :

Logo