काठमाडौं ।
चर्चित गायिका अनिता चलाउनेको तीज गीत सार्वजनिक भएको छ । हरेक बर्ष जस्तै यसपटक पनि उनले तीज गीत सार्वजनिक गरेकी हुन् ।
‘यस्तो बनोस् मेरो तीज’ गीतको आज सार्वजनिक गरिएको हो । गीतमा बिपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । यसमा अनिता चलाउनेको स्वर सुन्न पाइनेछ ।

गीतको म्युजिक भिडियोमा चर्चित जुम्ल्याहा दिदिबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । तीजको गीतमा यो उनीहरुको पहिलो अभिनय हो । उनीहरुलाई सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । हेरौं भिडियोमा :





























प्रतिक्रिया