‘लकडाउनमा बुबाबाट धेरै कुरा सिक्न पाएँ’ : श्रृंखला खतिवडा, मिस नेपाल-२०१८ (भिडियोसहित)

‘लकडाउनमा बुबाबाट धेरै कुरा सिक्न पाएँ’ : श्रृंखला खतिवडा, मिस नेपाल-२०१८ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगत ३ महिनादेखि लकडाउनबाट थलिएको मुलुक हाल बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । यति लामो समयसम्म भएको बन्दाबन्दीमा सबै नराम्रो अवस्थाबाट गुज्रिनु पर्ने भए पनि आफ्नो घर परिवारसँग पर्याप्त समय दिन पाउने भएकोले अरु समयमा नसिकेका कुराहरु पनि यस अवधिमा धेरैले सिक्ने अवसर पाए ।

यहि अवधिमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पनि आफ्ना बुवा बिरोध खतिवडाबाट धेरै कुरा सिक्ने अवसर पाएको केन्द्रबिन्दुसँगको कुराकानीमा बताईन् । अन्य समयमा आफ्नो कामको कारण प्रायः देश विदेश भ्रमण गरिरहनु पर्ने उनले लामो समयदेखि आफ्नो परिवारमा पर्याप्त समय दिन पाएकी थिईनन् । त्यसमाथि आफ्नो परिवार पनि राजनीतिक परिवार भएकोले सबै परिवारसँगै बसेर खाना खान पाउनु नै उनीहरुको लागि ठूलो कुरा हुने गरेको उनी बताउँछिन् ।

तर देशमा बिपत्ति बनेर आएको कोरोना भाइरसका कारण एक अर्काबाट दुरी कायम गर्नु पर्ने भए पनि उनलाई भने परिवारसँग नजिक रहेर समय बिताउने अवसर दियो । यसै सन्दर्भमा रहेर हामीले खतिवडा बाबु छोरीलाई पहिलो पटकसँगै अन्तर्वार्तामा ल्याएका छौं । जहाँ हामीले उनीहरुसँग राजनीतिक र पारिवारिक संवाद गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश , यो भिडियोमा :

 

Logo