गायक नवराज पाण्डेको ठट्यौली तीज गीत ‘आराम गर ओली’ बजारमा

गायक नवराज पाण्डेको ठट्यौली तीज गीत ‘आराम गर ओली’ बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक तथा सर्जक नवराज पाण्डेको ठट्यौली ‘आरम गर ओली’ बोलको तीज गीत बजारमा आएको छ । नेपाली नारीहरुको माहन चाड हरितालिका तीजको अवसरमा समसामयिक राजनीति समावेस भएको उक्त गीत स्वाभिमान क्रिसनको युट्युब च्यानलबाट बजारमा आएको हो ।

पाण्डेको लय तथा शब्द रहेको उक्त गीतमा गायिका पुनम सुनार, सरु बन्जाडे, गायक नवराज पाण्डे र अनिश खड्काको आवाज रहेको छ । नवराज पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा हिमाल पाण्डे, युवराज पन्त, नमराज पाण्डे, अनिश खड्का, कमला थापा क्षेत्री, प्रेम सागर लगायतको अभिनय रहेको छ । भने छायांकन तथा सम्पादन अनिश खड्काले गरेका छन् ।

पूरा भिडियाे:

http://https://youtu.be/rKX7s7lhwQ4

Skip This
Skip This
Logo