सौन्दर्य प्रतियोगितामार्फत मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको इन्टरनेसनल प्रतियोगिता हेरिटेज प्याजेन्ट्सकाे औपचारिक शुभारम्भ भएको छ ।
थाइल्यान्डको राजधानी बैंकक शहरमा नेपाललगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब ५० जना सहभागीहरुको आगमनसँगै प्रारम्भ भएको सो प्रतियोगितामा सहभागीहरुलाई उनीहरुको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँगै प्रतियोगिताले गति लिएको हो ।
अफिसियल स्यासको वितरण प्रतियोगिताका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिताअन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुट सम्पन्न भइसकेको छ ।
यसैगरी सहभागीहरु बीच मित्रता, एक अर्काको संस्कृति, परंपरालाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चुलरल उपहार आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि संचालन गरिएको छ । जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदानबारे कार्यशाला संचालन गरिएको थियो ।
कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यसबाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि संचालन भइसकेको छ ।
ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन बैंककस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगिहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतिकरण जिम्मवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् ।































प्रतिक्रिया