काठमाडौं ।
गायक दिपेन खिम्डुङ राईको स्वरमा जितेन्द्र रसिकको रचना रहेको गजल कक्टेल जवानी सार्वजनिक भएको छ । शनिवार गीतकार तथा गजलकार जितेन्द्र रसिकको युटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।
मुलुकमा कोरोना भाइरस संक्रमण जोखिमसँगै लकडाउन भएपछि युट्युवमार्फत दर्शन एल्वममा संग्रहित उक्त्त गजल सार्वजनिक गरिएको गायक दिपेन राईले बताए । उनले भने, दर्शन नाम दिइएको मेरो एल्वम सार्वजनिक गर्ने तयारी हुँदा हुँदै मुलुक कोभिड १९ का कारण लकडाउन भएपछि युट्युवबाटै सार्वजनिक गरेका हौं । एल्वम कार्यक्रम आयोजना गरेरै सार्वजनिक गर्ने तयारीमा थियौं । तर मुलुक लकडाउन गरिएपछि भने कार्यक्रम आयोजना सम्भव भएन ।
कक्टेल जवानीमा भुवन सुप्तिहाङ राईको संगीत रहेको छ भने म्युजिक एरेञ्ज हरि लम्सालको रहेको छ । दर्शन एल्वममा कक्टेल जवानी, दुनियाँले जे भन्छ, चोमोलुङमा शिरमा राखी, एउटा कुरा भन्छु तिमीलाई लगायतका गीत समावेश रहेका छन् । दुनियाँले जे भन्छ गीतका गीतकार बुद्धवीर लामा, चोमोलुङमा शिरमा राखीका गीतकार जेबी र एउटा कुरा भन्छु तिमीलाई का गीतकार नरेश काङमाङ राई हुन् । यी सबै गीतको म्युजिक भिडियो निर्माणको तयारी भइरहेको गायक राईले बताए । गायक राईको यो पहिलो एल्वम हो ।





























प्रतिक्रिया