१४ वर्षपछि सांगीतिक समुह ‘डाक्टर पाईलट्स’को पुनरागमन

१४ वर्षपछि सांगीतिक समुह ‘डाक्टर पाईलट्स’को पुनरागमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

१४ वर्षको लामो अन्तरालपछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।

यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्ये ए होइ, मनसून, सरकारी जागीर लगायतका गीतहरुले त्यस समयमा निकै लोकप्रियता कमाएका थिए ।

प्रायः सदस्यहरु पढाईको शिलशिलामा विदेशीएपछि यो समुह केहि समयको लागि निस्क्रिय जस्तो देखिएको थियो । तर, अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममा रहेका समूह सदस्यहरु मिलेर सांगीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीत नयाँ युट्युब च्यानल तथा फेसबुकबाट प्रसारण गरेका छन् ।

आगामी दिनमा यस ब्याण्डले आफ्नो नयाँ गीतहरु पनि नेपाली श्रोताहरु माझ पस्किने तयारी गरि रहेको बताएका छन् । आफू जहाँ रहे पनि नेपाली संगीतिलाई आफूले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरु बताउँछन् ।

Logo