छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको गत बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । बुधबार साँझ अस्पताल भर्ना गरिएका गीतकार थापाको उपचारका क्रममा निधन भएको हो। तर, हालसम्म थापाको निधनको कारण खुलाइएको छैन ।
करिब तीन महिना अघि टिचिङ अस्पताल महाराजगन्जमा मेरुदण्डको शल्यक्रिया पछि घरैमा आराम गरिरहेका थापालाई बुधबार राति घाँटीमा समस्या देखिएपछि नर्भिक पु¥याइएको थियो ।

थापाको निधनले नेपाली संगीत जगत् यतिबेला स्तब्ध छ। वि.सं. २०१४ सालबाट औपचारिक रूपमा गीतसंगीतका क्षेत्रमा प्रवेश गरेका थापाका नेपाली संगीत बजारमा थुप्रै कालजयी गीतहरु छन्, जसले नेपाली मनमुुटुमा अमिट मायाँ र प्रेम पाइरहेका छ। यतिबेला गीतकार थापाको भौतिक शरीर नेपाली संगीत पारखीहरू माझबाट टाढा भए पनि उनका कयौं गीत र रचनाहरू जीवन्त छन्, अजर अमर छन् ।
बाल्यकालबाटै कविता लेखनमा रुचि राख्ने थापाका कविता, कथा र नाटक जस्ता लामा कृतिहरू पनि बजारमा पाइन्छन् । यद्यपि उनी छोटा रचनामै रमाइ रहे। वि.सं. २०२० सालमा ‘ओभानो सिउँदो’, २०२६ सालमा रुझेको परेला गितीसंग्रह सार्वजनिक गरेका थापाले वि.सं. २०४२ मा दोभान शीर्षकमा थुप्रै गीत समावेश एल्वम प्रकाशित गरेका थिए ।
सुगम संगीत क्षेत्रका प्रखर गीतकारका रूपमा परिचित थापाको रचनामा तयार ‘गोरेटो त्यो गाउँको…’, ‘पंक्षिमा डाँफे राम्रो…’, ‘घुम्तीमा नआऊ है…’, ‘स्वर्गकी रानी मायाकी खानी…’, ‘कुञ्जमा गुञ्जियो’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो…’, ‘भो भो नसोध अब केही मलाई…’, ‘आँखाको भाखा आँखैले…’, ‘जाग जाग चम्के हे नौजवान हो…’लगायत कयौं कालजयी र सदाबहार गीतहरू आज नेपाली जनजनका मन र मस्तिश्कमा गुञ्जिरहेका छन् ।
देवकोटा साहित्य पुरस्कार, कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्करा, रेडियो नेपाल सम्मान, साधान सम्मान लगायत दर्जर्नौं पुरस्कार र सम्मानबाट सम्मानित थापा गाउँघर र स्थानीयस्तरको बिम्बात्मक गीत रचना गर्न माहिर थिए। हाक्की र स्वाभिमानी स्वभावका व्यक्तित्व थापा, जसले जीवनमा कहिल्यै पनि आफ्नो गीत गायक वा संगीतकार कहाँ नलगेको दावी गर्ने गर्दथे । लाखौंको मन र मस्तिश्कमा बसेका रचनाकार थापा, विशेषतः पूर्वतयारी अवस्थामा रहेको संगीतमा पनि उत्कृष्ट रचना दिन माहिर थिए। थापाले नेपाली संगीत उद्योगमा पु¥याएको यो, अतुलनिय योगदानप्रति नेपाली संगीतबजार सधैं ऋणी र कृतज्ञ छ, रहिरहने छ।





























प्रतिक्रिया