कोरोना कहरः रोकियो ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रम

कोरोना कहरः रोकियो ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघले आयोजना गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रम तथा संघको २१ औँ वार्षिकोत्सव स्थगित भएकाे छ । हरेक वर्ष जेठ ७ मा अयोजना गरिदैँ आएको उक्त कार्यक्रम कोरोनाकाे विषम परिस्थितीले यस वर्षका लागि स्थगित गरिएको संघले बिहिबार विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

संघले अघिल्ला वर्षहरूमा दुई–दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार तथा एक जानालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको थियो । संघले यस वर्षको कार्यक्रम रोकिएसँगै आगामी कार्यक्रममा भने पुरस्कार राशी बढाउनुका साथै मोफसलमा रहेर चलचित्र पत्रकारिता गरी रहेकालाई पनि पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।

अब संघले आफ्नो २१ औँ वार्षिकोत्सव डिजिटल माध्यमबाट गर्ने पनि विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

Logo