कलिउडबाट एकैपटक हलिउडमा छाल मारेकी स्वस्तिमा

कलिउडबाट एकैपटक हलिउडमा छाल मारेकी स्वस्तिमा

केन्द्रबिन्दु
0
Shares

छोटो समयमा नै सफल अभिनेत्रीको रुपमा चिनिएकी स्वस्तिमा खड्का अब अंग्रेजी भाषाको चलचित्रमा देखिने भएकी छिन्। अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रको मुख्य अभिनेत्रीका लागि झन्डै २ महिना अघि अडिसन लिईएको थियो । जसमा स्वस्तिमा संगै अन्य केही अभिनेत्रीहरुले पनि उक्त चलचित्रका लागि अडिसन दिएका थिए । जसमध्ये स्वस्तिमा छनौट भएकी हुन् ।

चलचित्रका लागी स्वस्तिमा र युनिट बीच लिखित सम्झौता भइसकेको बताईएको छ। अभिनेताको रुपमा अमेरिकन कलाकार नै रहेको उक्त चलचित्रको नाम भने सार्वजनिक भएको छैन ।

सम्पूर्ण छायांकन अमेरिकामा नै गरिने बताइएको चलचित्रको छायांकन कोरोनाको आतंक सकिएपछि शुरु गर्ने बताइएको छ। जुलाईबाट छायांकन शुरु गरिने भनिएको चलचित्रमा स्वस्तिमासँगै अर्की नेपाली अभिनेत्रीको पनि भूमिका रहने बुझिएको छ। तर अभिनेत्रीको नाम भने खुलाइएको छैन।

अघिल्लो वर्ष प्रर्दशनमा आएको चलचित्र ‘बुलबुल’बाट स्वस्तिमाले आफ्नो दमदार अभिनयले धेरैको मन जितेकी थिईन्। उक्त चलचित्रबाट उनले राष्ट्रिय अवार्ड समेत हात पारेकी थिईन्।

Logo