काठमाडौं ।
नेपालमा गायन रियालिटी शोहरु मध्ये सर्वाधिक रुचाइएको गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को तेस्रो सिजन शिघ्र प्रसारण हुने भएको छ ।
कोरोना कहरका बाबजुद पनि आगामी एक महिना भित्रै हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट प्रसारण गर्नेगरि द भ्वाईस अफ नेपालको सिजन-३ को तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।
सिजन ३ का लागि डिजिटल अडिसनमा भारत, थाईल्याण्ड, बर्मा, अस्टेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरु सहित झण्डै ४० हजार प्रतिभाहरुले सहभागिता जनाएका थिए ।
त्यस्तै द भ्वाईसको तेस्रो सिजनमा अनुबन्ध भएका कोचहरु समेत काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।
अघिल्लो सिजनमा रहेका मोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाले तेस्रो सिजनमा पनि निरन्तरता पाएका छन् भने कोच आस्था राउत भने बाहिरिएकी छिन् ।
आस्थाको ठाउँमा नयाँ कोच गायिका तृष्णा गुरुङ अनुबन्ध भएकी छिन् । गुरुङका सारङ्गी रेट्दैमा, माया पिरती, खा नि हो यामू लगायतका गीतहरु निकै चर्चित छन् ।





























प्रतिक्रिया