नयाँ वर्षको सुरुवात हरकोहि विशेष र महत्वपुर्ण कार्यबाट गर्न चाहान्छ । त्यसैले यसपटकको नयाँ वर्षमा करिब १५ बर्ष अघिको ऐतिहासिक शुभकामना गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीत यसकारण पनि ऐतिहासिक छ, किनकी यस गीतलाई तत्कालिन समयका दिग्गज कलाकारहरु मिलेर बनाएका थिए ।
देश लकडाउनको अवस्थामा रहेको बेला हर्षोल्लासमय तवरले नयाँ वर्ष मनाउन प्रतिकुल अवस्था रहेकाले घरमै बसेर मनाउनका निम्ति शुभकामना गीत सान्दर्भिक हुने आशासहित यस गीतलाई दर्शकसामु पस्किएको गायक तथा रियालिटी शो नेपाल स्टारका निर्णायक रामकृष्ण ढकालले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

नयाँ वर्षको शुभकामना संदेश समेटी तयार पारिएको यस गीतमा वरिष्ठ गायकगायिकाहरु रामकृष्ण ढकाल, किरण कँडेल, यम बराल, सुरज कुमार थापा, शम्भु कुमार तन्डुकार, सपना श्री, लोचन भट्टराई, रिता बिडारी र शिला बिष्टले स्वर दिएका छन् ।
त्यसैगरी यस गीतमा वरिष्ठ गीतकार सागर मणि दाहालको रचना रहेको छ भने चर्चित संगीतकार किरण कँडेलको संगीत र एरेन्ज रहेको छ । गीतको भिडियोमा जानकी मुनिकारको कोरियोग्राफी रहेको छ ।
यस गीतलाई प्रज्ञाश्वरी रेकर्ड्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सुर्योदय स्कुलको सपोर्ट रहेको यस गीत सन् २००४ मा रेकर्ड गरिएको थियो ।





























प्रतिक्रिया