विन्ध्यवासिनी म्युजिकका सञ्चालक लिना शर्मा प्रतिलिपि अधिकार हननकाे आरोपमा प्रकाउ

विन्ध्यवासिनी म्युजिकका सञ्चालक लिना शर्मा प्रतिलिपि अधिकार हननकाे आरोपमा प्रकाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विन्ध्यवासिनी म्युजिकका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले कार्यकारी अधिकृत लिना शर्मा रेग्मीलाई प्रक्राउ गरेको हो । आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै गायक प्रमोद खरेलले प्रहरीसमक्ष विन्ध्यवासिनी म्युजिक बिरुद्ध उजुरी गरेका थिए ।

प्रहरीका अनुसार अहिले उजुरीका आधारमा पक्राउ गरिएको र अनुसन्धान सुरु गरिएको छ । यसअघि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन दिएका थिए ।

प्रतिलिपि अधिकारका विषयमा पटक–पटक विवाद र उजुरी पर्ने तर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र प्रहरीमा पुगेपछि कार्यान्वयन नहुने अवस्थामा प्रतिलिपि अधिकार हननकाे विषयमा प्रहरीले आरोपीलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ ।

०६६ चैत २७ देखि प्रणय एल्बमको व्यापार तथा बजार प्रवर्द्धनका लागि पाँच वर्षको समय विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार व्यवसाय गरिरहेको र प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै गायक खरेल कानुनी उपचार खोज्दै प्रहरीसमक्ष पुगेका हुन् ।

उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई स्रस्टा प्रस्तोताहरु प्रति लक्षित गरि गरिएका गालीगलौज र मानमर्दन विरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन निवेदनमा उल्लेख गरिएको छ ।

प्रमोद खरेलसहित कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा चल्तीका प्रख्यात गायक, गायिका संगीतकार गीतकार रहेका छन् । लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बाँसकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराई लगायतले सो कम्पनि विरुद्ध कारबाही गर्न निवेदन पेश गरेका हुन् ।

Logo