कोरोनासँग लड्न गागाले उठाइन् ३ करोड ५० लाख अमेरिकी डलर

कोरोनासँग लड्न गागाले उठाइन् ३ करोड ५० लाख अमेरिकी डलर

केन्द्रबिन्दु
0
Shares

चर्चित अमेरिकी पप गायिका लेडी गागा कोरोना भाइरस विरुद्धको लडाइँमा निकै जागरूक भएर लागी परेकी छिन् ।

उनले कोरोनासँग लड्न र यसबाट जोगिन सहयोगस्वरुप ३ करोड ५० लाख अमेरिकी डलर सङ्कलन गरेकी छिन् । उनी र उनको एनजीओ ‘ग्लोबल सिटिजन’ कल्याणकारी संस्थाले करिब एक साताको अवधिमा उक्त रकम सङ्कलन गरेको हो ।

ग्लोबल सिटिजनले टिभी कार्यक्रम ‘वान वर्ल्ड टुगेदर एट होम’ निर्माणको लागी उक्त रकम सङ्कलन गरेको थियो । यस कार्यक्रमले कोरोनाविरुद्ध सचेतना फैलाउने काम गर्नेछ ।

Skip This
Skip This
Logo