विश्व कीर्तिमानी गीतकार उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व कीर्तिमानी गीतकार डाक्टर डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’ सार्वजनिक भएको छ । गीतमा मनोजराज सिवाकोटीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको छ ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेलको अभिनय देख्न सकिन्छ । प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

फरक शैलीका गीतमार्फत डाक्टर उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् ।

Logo