गायक प्रकाश सपुतले दिए राहतकोषमा २ लाख

गायक प्रकाश सपुतले दिए राहतकोषमा २ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा फैलिन नदिनका लागी सरकारले कोष खडा गरेको छ।

जसमा जुनसुकै व्यक्ति र संस्थाले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ र कतिपयले गरिरहेका पनि छन् । यसैबीच लोक गायक प्रकाश सपूतले उक्त कोषका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

प्रकाशले सरकारसम्म पुर्याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।

रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।

Logo