पहिलो दिन ‘सेन्टी भाइरस’ले १ करोड १२ लाख कलेक्सन

पहिलो दिन ‘सेन्टी भाइरस’ले १ करोड १२ लाख कलेक्सन

केन्द्रबिन्दु
0
Shares

नेपाली कथानक चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन १ करोड १२ लाख  कलेक्सन गरेकाे छ। चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको कलाकार सिताराम कट्टेलले जानकारी दिएका छन् ।

शनिबारकाे पनि बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । दर्शकले भने मिश्रित प्रतिकृया दिइरहेका छन् ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

Logo