अमेरिकी पप गायक तथा र्यापर पोप स्मोकको गोली हानी हत्या गरिएकाे छ ।
गत बुधबार उनीमाथि गोली हानी हत्या गरिएको हो । उनी भाडाको घरमा बस्दै आएका थिए । लस एन्जल्स प्रहरीले उनको हत्या के कारणले भएकाे भन्दै अनुसन्धान गरिरहेकाे छ।
नकावधारीहरुले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार अपराह्न ४ः३० बजे उनीमाथि गोली प्रहार भएको सिसि क्यामेरा फुटेजमा देखिएको पनि प्रहरीेल जनाकारी दिएको छ ।
गोली लागेर घाइते भएका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । गत १२ फेब्रुअरीमा उनले आफ्नो नयाँ एल्बम ‘मिट दि वो २’ रिलिज गरेका थिए ।































प्रतिक्रिया