इटहरी ।
मोफसलमा पहिलोपटक लोकगीत संगीत क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ ।
प्रदेश १ को इटहरीमा आगामी चैत्र १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार र संस्कृतिको सम्बर्द्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्देश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले बताएका छन् । आयोजकका अनुसार २०७० सालदेखि ०७५ सालसम्म बजारमा आएका पूर्वेली लोक भाकालाई समेटेर २२ विधामा अवार्ड वितरण गरिनेछ ।
कार्यक्रमलाई रमपम चाउचाउले प्रायोजन गरेको छ । अवार्डमा उत्कृष्ट नयाँ गायक, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगित, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्दलाई अवार्ड प्रदान गरिने छ ।
यसैगरी बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्देश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ ।
यसैगरी पूर्वमा रंग पत्रकारिता गरिरहेका एकजना रंगपत्रकार लाई समेत अवार्ड प्रदान गरिने जनाईएको छ ।





























प्रतिक्रिया