काठमाडौं । गायक एवं संगीतकार उज्वल सागरको नयाँ गित ‘दि अनलभ्ड, तिमी खुसी त छौ नि’ सार्वजानिक भएको छ ।
शब्द, संगीत र आवाजको दृष्टिकोणबाट नै उत्कृष्ट लाग्ने उक्त गीतको शब्द रोशनकोे छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । संगीत क्षेत्रमा निरन्तर साधना गरिरहेका उनका गीतभित्र काव्यिकता पाइन्छ । शनिबार अपराह्न सार्वजनिक भएको हो ।
भ्यालेन्टाइन डेको दिन सार्वजनिक गर्ने भनिएको उक्त गित प्राविधिक कठिनाईले एक दिनपछि सार्वजनिक गरिएको उनले बताए । युवा पुस्तालाई मध्यनजर गरेर गीत बनाएको र गीतले युवाको मर्म र भावनालाई समेट्ने अपेक्षा लिइएको छ ।
यस अघि सागरको पहिलो आधिकारिक गीत ‘धुन’ सार्वजानिक भएको थियो । दुवै गीत उनले आफ्नो आधिकारीक युटूव च्यानल ‘उज्वल सागर’ बाट सार्वजनिक गरेका छन् ।





























प्रतिक्रिया