‘ए मेरो हजुर ४’ दशैंमा प्रदर्शन हुने

‘ए मेरो हजुर ४’ दशैंमा प्रदर्शन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति दशैंमा तय गरिएको छ ।

झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन । चलचित्रको छायांकन सुरु भने भएको छैन तर निर्माणपक्षले भिडियो मार्फत प्रदर्शन मिति तय भएको जानकारी गराएका हुन् ।

चलचित्रलाई दशैंको अवसर पारेर आउँदो वर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन केही हप्तामा सुरु हुँदैछ ।

Logo