काठमाडौँ ।
गायिका जानकी तारामी र खेम सेन्चुरीको गित दिलको माझै माझ सार्वजनिक भएको छ। छप्पै माया लै लै गितको सफलतापछि गायिका जानकीले नयाँ गित सार्वजनिक गरेकी हुन् ।
यसअघि थुप्रै मौलिक र समय सान्दर्भिक गीतमा आवाज भरेर चर्चा कमाएकी जानकीले केहि महिना अघि गायक एवं संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा छप्पै माया लै लै बोलको तीज गीत ल्याएकी थिइन् ।
‘दिलको माझै माझ’बोलको गीतमा नेत्र अर्यालको शब्द रहेको छ । गीतमा संगीत खेम सेन्चुरीको रहेको छ भने गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।
शिब विकले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टले सम्पादन गरेका छन् । हेरौं गित :





























प्रतिक्रिया