राजेश पायलको ‘हुरुक्कै भए म’ सार्वजनिक (भिडियोसहित)

राजेश पायलको ‘हुरुक्कै भए म’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजेश पायल राईको ‘हुरुक्कै भए म’ बोलको गीत सार्वजनिक भएको छ । दर्शन नमस्ते इन्टरटेन्मेन्टमार्फत सार्वजनिक भएको उक्त गीतमा दयाहाङ राई र अलिशा राईको अभिनय रहेको छ ।

साहित्यकार तथा गीतकार राजन मुकारुङको शब्द तथा दिनेशकाजी बान्तवाको संगित रहेको छ । अनिल रानाको सम्पादन उक्त गीतको निर्देशन किरण चाम्लिङले गरेका हुन् ।

‘हुरुक्कै भए म’ बोलको गीत भुपेन्द्र तुम्बाहाङफेले खिचेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका छन् ।

Logo