‘साङ्लो’काे दाेस्राे गीत सार्वजनिक (भिडियोसहित)

‘साङ्लो’काे दाेस्राे गीत सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ ।  आईतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड छन् ।
निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको नृत्यले ध्यान खिच्छ । रफ-टफ पहिरनमा देखिएका विराज र बोल्ड अवतारमा प्रस्तुत निकिताको केमेस्ट्री सुहाएको देखिन्छ ।

Logo