राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने

राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव ०७६ हुने भएको छ । भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गतेसम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको आज एक कार्यक्रमका बिच जानकारी दिइएको छ ।

“काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मूल नारा लिएर महोत्वसको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नवराज ढुंगानाले जानकारी दिए ।

काठमाडौं आशपासका तत्कालिन ११ जिल्लालाई काँठ क्षेत्रका रुपमा चिनिन्छ। त्यहाँ लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, साँस्कृतिक लगायत विभिन्न धरोहरहरु छन् । ति मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडी भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगायतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्रलाई थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले बताए ।

ति विषयलाई विश्व सामु उजागर गराउने उद्देश्यसहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव ०७६ आयोजना गर्न लागिएको संरक्षक तथा डिएआर मूभिज एण्ड फिल्म ईन्डिस्ट्रिजका प्रभावनजेले बताए ।
टुँडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फागुन १६ गतेदेखि २० गते (पाँच दिन) सम्म चल्ने महोत्सवका लागि हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बजोड प्रस्तुति रहने छ भने व्यापार प्रवर्द्धनका लागि १ सय भन्दा बढि स्टलको व्यवस्था गरिने बताइएको छ । प्रतियोगीतामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः नगद ३ लाख, २ लाख, १ लाख, ५० हजारसहित मेडल, प्रमाण पत्र लगायत अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo