गायक शिशिरको म एउटा पाखे सार्वजनिक

गायक शिशिरको म एउटा पाखे सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित गायक शिशिर योगीको स्वरमा रहेको गीत म एउटा पाखे सार्वजनिक गरिएको छ । उक्त गीतमा वि वि अनुरागीको संगीत रहेको छ ।

योगिक समाज नेपालको राष्टिय योग दिवसका सन्दर्भमा आयोजित विशेष कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको गीतको एरेन्ज पनि विवि अनुरागीकै रहेको छ । गीतको अडियो रेकर्डिग प्रिज्म रेकर्डिड्डमा गरिएको हो भने गीतको लेखन पूरुषोत्तम अधिकारीले गरेका हुन् ।

प्रस्तुत गीत श्रोताहरुको रोजाइमा पर्ने गायक शिशिर योगी वताउँछन् । उनी भन्छन् धेरै नेपालीले यस गीतमा आफ्नो जीवनको कुनै न कुनै भोगाई भेट्ने योगीको विस्वास छ । पहिलो प्रयासको रुपमा लेखेको म एउटा पाखेलाई माया गरी दिन र सकारात्मक कमेन्ट गरी दिन पनि गीतकार पूरुषोत्तम अधिकारीले अनुरोध गरेका छन् ।

Logo