निशानको लाहुर जाने रेल सार्वजनिक (भिडियोसहित)

निशानको लाहुर जाने रेल सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याएका छन् । ‘भुन्टी’, ‘बरिलै’ जस्ता हिट नम्बर दिइसकेका निशानले ‘लाहुर जाने रेल’ सार्वजनिक बोलको नयाँ गीत दर्शकमाझ ल्याएका हुन् । उनले आफ्नो अफिसियल युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । भिडियोमा उनलाई रीचा न्यौपानेले साथ दिएकी छिन् ।

निशानको स्वर रहेको सो गीतलाई प्रशान्त पौडेलले लेखेका हुन् । भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् भने अनिल के मानन्धरले खिचेका छन् । यस गीतको कथाले भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । भिडियो :

 

Skip This
Skip This
Logo