एक्लो प्रयासमा ६५५ किसिमका लोपोन्मुख बाजा एकैठाउँ (भिडियो रिपोर्ट)

एक्लो प्रयासमा ६५५ किसिमका लोपोन्मुख बाजा एकैठाउँ (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

  • जितेन्द्र रसिक

नेपालमा एक हजार ३ सय ५० प्रकारका लोकबाजा प्रयोगमा छन् । तीमध्ये कतिपय चल्तीमा छन् भने धेरैजसो लोप हुने अवस्थामा पुगिसकेका छन् । त्यसरी लोप हुन लागेका बाजाप्रति मोह दर्शाएर तिनको संरक्षणमा लाग्ने व्यक्ति पनि छन्, जसमध्ये उदाहरणीय व्यक्तित्व हुन् रामप्रसाद कँडेल । उनी एक्लैले ६ सय ५५ प्रकारका लोपोन्मुख लोकबाजा संग्रह गरेर राखेका छन् ।

कँडेलको संग्रहालयमा पुरानो मधुकर बाजादेखि शीतम्बर, ढोलक, तबला, मादल, विश्वकै सबैभन्दा ठूलो सारंगी, सहनाई, नरसिंगा र पञ्चेबाजालगायतका सेट छन् । संग्रहालयका बाजाले देशको सिंगो लोकसंस्कृतिको झल्को दिन्छ । हरेक जातजाति, समुदाय तथा क्षेत्रको लोकबाजा समेटिएको छ संग्रहालयमा ।

लोकबाजा आफैंमा मानव सभ्यताको पहिचान बोकेको एउटा प्रमाण हो । हरेक मुलुकको आदिम इतिहासको खोज अनुसन्धानमा यस्ता बाजाहरूको अनुसन्धान हुने गर्दछ । तर हाम्रो मुलुकमा भने सरकारले गर्नुपर्ने कार्य एक्ला व्यक्तिले गरिरहेका छन् । तर पनि सरकार न त्यस्ता संग्रहालयलाई संरक्षण नै गर्न तत्पर छ न त प्रोत्साहन ।

नितान्त व्यक्तिगत पहलबाट स्थापना गरिएको संग्रहालयमा के के छन् त ? राज्यले बेवास्ता गरेको यो संग्रहालय एक जना व्यक्तिले कसरी सञ्चालन गरिरहेका छन् त ? हेरौं भिडियो :

 

 

Skip This
Skip This
Logo