मेरो डान्स कपको रियालिटी शो अमेरिकामा हुने (भिडियो सहित)

मेरो डान्स कपको रियालिटी शो अमेरिकामा हुने (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’ रियालिटी शोले बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

जसमा गायक प्रमोद खरेल, अभिनेत्री केकी अधिकारी र रिमा विश्वकर्माको उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय वेलफेयर फाउन्डेशन अमेरीकाद्वारा अमेरीकाको ओहायोमा आयोजना हुने उक्त रियालिटी शो ‘मेरो डान्स कप’ को चौथो संस्करण हो भने ‘मेरो भ्वाईस कप’ को दोस्रो संस्करण हो ।

दोस्रो संस्करणबाट ‘मेरो डान्स कप’ को निर्णायकका रुपमा केकी अधिकारी रहेकी छिन् । यस्तै प्रमोद खरेलले आफू पहिलो पटक ‘मेरो भ्वाईस कप’ को निर्णायकको रुपमा प्रस्तुत हुन लागेको बताए । नेपाल बाहिर रहेका नेपालीभाषी प्रतिभाहरुलाई अवसर दिने उद्देश्यले फाउण्डेशनले अमेरिकाको बिभिन्न शहरमा रहेका प्रतिभाहरुलाई लक्षित गर्दै हरेक वर्ष यस कार्यक्रम आयोजना गर्दै आएको छ ।

जनवरी ४ मा अमेरिकाको ओहायोमा यसको भव्य उद्घाटन हुदैछ । उक्त उद्घाटन समारोहमा चलचित्र र साँगितिक क्षेत्रका ३० भन्दा बढी कलाकारहरुको उपस्थित रहने बताइएको छ । जसमा दिलीप रायमाझी, अरुणिमा लम्साल, शिव परियार, जस्ता प्रख्यात कलाकारहरुको उपस्थिती रहने छ । यसका लागि केकी अधिकारी पनि बिहिबारै अमेरिका प्रस्थान गर्ने बताइन् । हेरौं भिडियोमा :

Logo